नियम ११
उपसमिति तथा कार्यटोली गठन गर्न सक्ने
(१) समितिले आफ्नो कार्य संचालनको लागि आवश्यकता अनुसार उपसमिति तथा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन भएका उपसमिति तथा कार्यटोलीको काम, कर्तव्य, अधिकार तथा कार्यविधि समितिले तोकिदिए बमोजिम हुनेछ ।